राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई आईएमई लाइफले २५ लाखको जीवन बीमा गरिदिने

६ महिना अगाडि

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीको २५ लाख बराबरको जीवन बीमा गरिदिने भएको छ। 

आईएमइ लाइफले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको अवसरमा टी–२० नेपाली क्रिकेट टिमका सबै सदस्यहरुको २५ लाख बराबरको आइएमई सुरक्षा म्यादी जीवन बीमा गरिदिने घोषणा गरेको हो ।

कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई सो जीवन बीमा प्रदान गर्ने भएको हो।

शुक्रबार युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको हो। यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । अब नेपालले सन् २०२४ जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने टी २० विश्वकप खेल्नेछ।


 

६ महिना अगाडि

प्रतिक्रिया