एक्स-एज नेपालले गर्यो नेपाली क्रिकेट टोलीलाई १० लाखको चेक हस्तान्तरण

सोमबार, २० कार्तिक २०८०, १२ : २२

 काठमाडौँ - एक्स-एज नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले टोलीका कप्तान रोहित पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

 नेपाली क्रिकेट टोलीको प्रदर्शनको सम्मान स्वरूप  एक्स-एज नेपालले दराज नेपालमा उपलब्ध  आफ्ना सम्पूर्ण उत्पादनहरूमा ५०%को भारी  छुटको पनि घोषणा गरेको थियो । यो विशेष अफर  ५ नोभेम्बर साँझ ६ देखि ७ बजेसम्मको लागि मात्र थियो ।

सोमबार, २० कार्तिक २०८०, १२ : २२

प्रतिक्रिया