ग्यालेक्सी एस-२३ एफ-ई भित्र्याउने तयारीमा सामसङ

५ महिना अगाडि

सामसङ नेपालले फ्यान एडिसनको एस-२३ एफ-ई नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार यो फोन एस-२३ सिरिजकै विस्तारित सिरिज हो । जसमा ग्यालेक्सीका प्रशंसकहरुले मन पराउने विशेषताहरु छन् ।

उक्त मोबाइल डिसेम्बर महिनामा नेपाली बजारमा भित्र्याउने तयारी रहेको कम्पनीले बताएको छ । उक्त कम्पनीका अनुसार यो मोबाइलको प्रि–अर्डर देशभरका सामसङ स्टोरहरुबाट नोभेम्बर महिनाको अन्तिम साताबाट खुला हुनेछ ।

फ्लागसीप मोबाइलको अनुभव लिन वा आफ्नो मोबाइललाई अपग्रेड गर्न चाहने ग्राहकका लागि यो नयाँ एफ-ई अत्यन्तै उपयुक्त हुने पनि कम्पनीले बताएको छ।

५ महिना अगाडि

प्रतिक्रिया