नेपाललाई पहिलो सफलता, गुल्सनले लिए विकेट

४ महिना अगाडि

काठमाडौँ-  एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको पहिलो विकेट लिएको छ । अफगानिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका हुन् ।

उनले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो ।


यी दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् ।   यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल सम्भावना जितिव रहने छ भने पराजित हुने टोली समूहगत चरणबाटै घर फर्किने छ ।


पहिलो खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले र पाकिस्तानले नेपाललाई पनि सात विकेटले हराएका थिए ।  समूह ‘ए’ अन्तर्गत आइतबार नै भारत र पाकिस्तानबिचको खेल पनि हुँदैछ ।

उक्त खेलमा पाकिस्तानले टस जिती भारतलाई पहिले ब्याटिङको निम्तो दिएको छ । भारत र पाकिस्तानबिचको खेलमा विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

४ महिना अगाडि

प्रतिक्रिया