काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
निफ्राले साधारण सभा प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दैछ । त्यसअनुसारआज बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश वितरणमा भाग लिन पाउने छन् ।
चिलिमे जलविद्युतले साधारण सभा प्रयोजनको लागि आइतबार पुस ८ गते बुक क्लोज गर्दैछ ।
शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले चिलिमे जलविद्युतको लाभांश हात पार्न पनि आजै सेयरधनी बन्नुपर्ने हुन्छ । निफ्राले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४.२१०५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्दै छ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाण्डौंमा बिहान ९ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ । यस्तै, चिलिमे जलविद्युत्ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया