आईसीसी टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजानिक

३ महिना अगाडि

काठमाडौं- आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले समूह चरणमा तीन टेष्ट राष्ट्रसँग खेल्दैछ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल समूह डी मा परेको छ ।

यस समूहमा टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसहित एसोसिएट राष्ट्र नेपाल र नेदरल्याण्ड्स छन् ।

नेपालले यसअघि नै बंगलादेश र नेदरल्याण्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय खेलिसकेको छ भने दक्षिण अफ्रिका र श्रीलंका विरुद्ध पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपाल रहेको समूहमा दक्षिण एसियाकै दुई टेष्ट मान्यता पाएका देश छन् ।


नेपालले ९ वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा बंगलादेशम भएको टी–२० विश्वकप खेलेको थियो ।

टी–२० विश्वकप जुन १ देखि २९ सम्म वेष्ट इन्डिज र अमेरिकामा हुनेछ । नेपालले दुई खेल अमेरिका र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ ।

नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा टेक्सासमा खेल्नेछ । यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।

त्यसपछि नेपालले दक्षिण अफ्रिकासँग जुन १४ मा र बंगलादेशसँग जुन १६ मा बंगलादेशसँग खेल्नेछ । दुवै खेल सेन्ट भिन्सेन्टमा हुनेछ ।

समूह विभाजन

यस पटक टी–२० विश्वकपमा कूल २० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टिम छन् । एक टिमले चार खेल्न पाउनेछन् । यस पटक अहिलेसम्मकै धेरै ९ एसोसिएट राष्ट्रले टी–२० विश्वकप खेल्दैछ ।

यसअघि टी–२० विश्वकप दुई चरणमा खेलाइएपनि यस पटक भने सबै टिमले उही हैसियतमा खेल्दैछन् । जसले गर्दा एसोसिएट राष्ट्रले पनि कम्तीमा दुई राष्ट्रसँग समूह चरणमै खेल्न पाउनेछ ।

चार समूहको शीर्ष दुई टोली सुपर एट राउण्डमा प्रवेश गर्नेछ । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

समुह ए र समुह सी को विजेता तथा समुह बी र समूह डी को उपविजेता सुपर एटको समूह ए मा पर्नेछ । यस्तै समूह बी र डी को विजेता तथा समूह ए र सी को उपविजेता सुपर एट को समूह बी मा पर्नेछ ।

लिग चरणका खेलहरु जुन १ देखि १७ सम्म हुनेछ । यस्तै सुपर एटमा खेलहरु जुन १९ देखि २४ सम्म हुनेछ । यसैगरी सेमिफाइनल जुन २६ र २७ मा हुनेछ ।

फाइनल खेल जुन २९ मा बार्बाडोसमा हुनेछ । सेमिफाइनलमा र फाइनलमा रिजर्भ डे पनि राखिएको छ ।

 समूह ए : भारत,  पाकिस्तान, आयरल्यान्ड, अमेरिका, क्यानडा

समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान

समूह सी :न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी

समूह डी :  दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल

यस्तो छ खेल तालिका

लिग चरण

१ जुन : अमेरिका विरुद्ध क्यानाडा, डलास

२ जुन : वेस्ट इन्डिज विरुद्ध पपुवा न्यू गिनी, गुयाना

२ जुन :नामिबिया विरुद्ध ओमान, बार्बाडोस

३ जुन :श्रीलंका विरुद्ध दक्षिण अफ्रिका, न्यूयोर्क

३ जुन : अफगानिस्तान विरुद्ध युगान्डा, गुयाना

४ जुन : इंगल्याण्ड विरुद्ध स्कटल्याण्ड, बार्बाडोस

४ जुन : नेदरल्याण्ड्स विरुद्ध नेपाल, डलास

५ जुन : भारत विरुद्ध आयरल्याण्ड, न्यूयोर्क

५ जुन : पपुवा न्यु गिनी विरुद्ध युगान्डा, गुयाना

५ जुन : अष्ट्रेलिया विरुद्ध ओमान, बार्बाडोस

६ जुन : अमेरिका विरुद्ध पाकिस्तान, डलास

६ जुन :नामिबिया विरुद्ध स्कटल्याण्ड, बार्बाडोस

७ जुन : क्यानाडा विरुद्ध आयरल्याण्ड, न्यूयोर्क

७ जुन :न्यूजिल्याण्ड विरुद्ध अफगानिस्तान, गुयाना

७ जुन : श्रीलंका विरुद्ध बंगलादेश, डलास

८ जुन :नेदरल्यान्ड्स विरुद्ध दक्षिण अफ्रिका, न्यूयोर्क

८ जुन :अष्ट्रेलिया विरुद्ध इंगल्याण्ड, बार्बाडोस

८ जुन :वेस्ट इन्डिज विरुद्ध युगान्डा, गुयाना

९ जुन :भारत विरुद्ध पाकिस्तान, न्यूयोर्क

९ जुन : ओमान विरुद्ध स्कटल्याण्ड, एन्टिगुआ एण्ड बार्बुडा

१० जुन : दक्षिण अफ्रिका विरुद्ध बंगलादेश, न्यूयोर्क

११ जुन : पाकिस्तान विरुद्ध क्यानाडा, न्यूयोर्क

११ जुन : श्रीलंका विरुद्ध नेपाल, फ्लोरिडा

११ जुन : अष्ट्रेलिया विरुद्ध नामिबिया, एन्टिगुआ एण्ड बार्बुडा

१२ जुन :अमेरिका विरुद्ध भारत, न्यूयोर्क

१२ जुन :वेस्ट इन्डिज विरुद्ध न्युजिल्याण्ड, ट्रिनिडाड एण्ड टोबागो

१३ जुन : इंगल्याण्ड विरुद्ध ओमान, एन्टिगुआ एण्ड बार्बुडा

१३ जुन :बंगलादेश विरुद्ध नेदरल्याण्ड, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स

१३ जुन :अफगानिस्तान विरुद्ध पपुवा न्यू गिनी, ट्रिनिडाड एण्ड टोबागो

१४ जुन :अमेरिका विरुद्ध आयरल्याण्ड, फ्लोरिडा

१४ जुन : दक्षिण अफ्रिका विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स

१४ जुन : न्यूजिल्याण्ड विरुद्ध युगान्डा, ट्रिनिडाड एण्ड टोबागो

१५ जुन : भारत विरुद्ध क्यानाडा, फ्लोरिडा

१५ जुन : नामिबिया विरुद्ध इंल्याण्ड, एन्टिगुआ एण्ड बार्बुडा

१५ जुन :अष्ट्रेलिया विरुद्ध स्कटल्याण्ड, सेन्ट लुसिया एण्ड दी ग्रेनाडिन्स

१६ जुन : पाकिस्तान विरुद्ध आयरल्याण्ड, फ्लोरिडा

१६ जुन : बंगलादेश विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स

१६ जुन : श्रीलंका विरुद्ध नेदरल्याण्ड्स, सेन्ट लुसिया

१७ जुन :न्यूजिल्याण्ड विरुद्ध पपुवा न्यु गिनी, ट्रिनिडाड एण्ड टोबागो

१७ जुन : वेस्ट इन्डिज विरुद्ध अफगानिस्तान, सेन्ट लुसिया

सुपर एट

१९ जुन : ए २ विरुद्ध डि १, एन्टिगुआ एण्ड बार्बुडा

१९ जुन : बी १ विरुद्ध सी २, सेन्ट लुसिया

२० जुन : सी १ विरुद्ध ए १, बार्बाडोस

२० जुन :बी २ विरुद्ध डी २, एन्टिगुआ एण्ड बार्बुडा

२१ जुन :बी १ विरुद्ध डी १,  सेन्ट लुसिया

२१ जुन : ए २ विरुद्ध सी २, बार्बाडोस

२२ जुन : ए १ विरुद्ध डी २, एन्टिगुआ एण्ड बार्बुडा

२२ जुन : सी १ विरुद्ध बी २, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स

२३ जुन :ए २ विरुद्ध बी १, बार्बाडोस

२३ जुन : सी२ विरुद्ध डी१, एन्टिगुआ एण्ड बार्बुडा

२४ जुन : बी २ विरुद्ध ए १, सेन्ट लुसिया

२४ जुन : सी १ विरुद्ध डी २, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स

सेमिफाइनल

२६ जुन :  सेमिफाइनल १, गुयाना

२७ जुन : सेमिफाइनल २, ट्रिनिडाड एण्ड टोबागो

२९ जुन : फाइनल, बार्बाडोस

 

३ महिना अगाडि

प्रतिक्रिया