निरा छन्त्यालको अन्तिम गीत हाम्रो खोटाङको चिसापानी रिलिजको तयारीमा

शनिबार, २८ पुस २०८०, ०८ : ०३

काठमाडौं : स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीतः स्वर्गीय गायिकाको सम्झना र सम्मान स्वरूप नेपाली गीत संगीतको बजारमा नयाँ नयाँ गीत आउने क्रममा घर हाम्रो खोटाङको चिसापानी भन्ने नयाँ गीत सार्वजनिक हुने भएको छ। 

गत बर्ष माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परि निधन भएकी स्वर्गीय गायिका निरा छन्त्यालले गायको अन्तिम गीतमा गायक विनोद ढकालको स्वर तथा लय रहेको छ भने नवीन योगीको शब्द रहेको छ । 

२०७९ साल माघ १ गते पोखराको कार्यक्रम सकेर फर्केपछि भिडियो निर्माण गरी गीत  बजारमा ल्याउने तयारी रहेकोमा दुखद दुर्घटनामा परि गायिकाको निधन भएपश्चात् रोकिएको कामको भिडियो निर्माण गरी उहाँको प्रथम पुण्य तिथि पारि सम्झना र सम्मान स्वरूप बजारमा ल्याउन लागिएको छ । 

मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा गायक स्वयम विनोद ढकाल, रिना गुरुङ,रविन्द्र रीमाल र आशिका खातिको अभिनय रहेको छ भने भिडियो सम्पादन रोशन धितालले गरेका हुन । माघ १ गतेको दिन स्वर्गीय गायिका निरा छन्त्यालको सम्झना गर्दै गितको भिडियो Binod Dhakal Music LAB च्यानलबाट बजारमा आउने भएको छ ।
     

शनिबार, २८ पुस २०८०, ०८ : ०३

प्रतिक्रिया