‘भ्वाइस अफ नेपाल’ पाँचौं सिजनको उपाधि राईलाई

शनिबार, २८ पुस २०८०, १२ : १२

काठमाडौं– ‘द भ्वाइस अफ नेपाल,को पाँचौं सिजनको बिजेता इलामका विनोद राई बनेका छन् ।  गएराति ललितपुर गोदावरीमा रहेको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्।

विजेता राईले नगद रु २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन्। दर्शकले दिएको भोटको आधारमा राईलाई विजेता घोषणा गरिएको हो।  यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन्।

शनिबार, २८ पुस २०८०, १२ : १२

प्रतिक्रिया