काठमाडौँ- प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट वरिष्ठ साहित्यिक पत्रकारद्वय रुक्मिणी श्रेष्ठ र रोचक घिमिरे सम्मानित भएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार—२०८० बाट उनीहरुलाई सम्मानित गरेको हो ।
श्रेष्ठले २००८ सालदेखि थौंकन्य मासिक पत्रिका सञ्चालन गर्दै आएका छन् । यस्तै घिमिरेले २०१८ सालबाट रचना द्वेमासिक पत्रिका सञ्चालन गर्दै आएका छन् । दुवै पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्ष पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको थियो ।
प्रतिक्रिया