‘मिसेस नोबेल नेपाल–२०२४’को विजेता सिरोसा

मंगलबार, ०२ माघ २०८०, १७ : ५४

काठमाडौँ - ‘मिसेस नोबेल नेपाल २०२४’ को ताज काठमाडौँकी सिरोसा सापकोटाले जितेकी छन् । सापकोटाले ताजसँगै आगामी चैतमा इजिप्टमा हुने ‘एन. एफ.इ.ए.अवार्ड–२०२४’ भाग लिने अवसर पाएकी छन् ।हिमायलन मुभिज एण्ड प्रोडक्सन हाउसले राजधानीको म्यूजिक सिटी स्टुडियोमा आयोजना गरेको कार्यक्रममा शिला श्रेष्ठ फस्ट रनरअप र जुना भण्डारी सेकेन्ड रनर भए ।

 हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगितामा सव–टाईटल समेत वितरण गरिएको थियो । सिरोसा सापकोटा मोस्ट इन्टिलिजेन्ट, रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, रिया दाहाल वेस्ट फोटोजेनिक एवं पब्लिक भिडियो च्वाइस हसन सफल भए ।

 अभिनेता विशाल विष्ट, मनिष राउत, ‘मिसेस हिमालयन नेपाल २०२०’ माया लामा, मोडल मन्जु थापा, अनुषा केसी लगायतका निर्णायक प्रतियोगितामा रहेका थिए । प्रतियोगिता विवाहित महिलाहरूको प्रतिभा निखार्ने उद्देश्यले आयोजना भएको थियो ।

मंगलबार, ०२ माघ २०८०, १७ : ५४

प्रतिक्रिया