कालिगण्डकीमा ८४४ मेगावाटको जलविद्युत् आयोजना बन्दै

४ बर्ष अगाडि

काठमाडौं – कालिगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजनाको सम्भाव्यताको अध्ययन सुरु हुने भएको छ ।

पर्वत, बागलुङ र गुल्मी जिल्लामा पर्ने कालीगण्डकी नदीमा परियोजनाको काम अगाडि बढाउन लागिएको हो ।  सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त परियोजनाको विस्तृत अध्ययन गर्न बजेट विनियोजन गरेको थियो ।

कालिगण्डकी नदीलाई थुनेर ८४४ मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने, नदी थुनेर बनेको तालमा स्टिमर सञ्चालन गर्ने, पानी पम्पिङ गरेर सिँचाईको व्यवस्था गर्नेलगायतका उद्देश्य राखिएको छ ।

कालिगण्डकी जलाशययुक्त परियोजनाको विस्तृत अध्ययनका लागि अन्तराष्ट्रिय बोलपत्र आव्हान गरिएको जानकारी दिए ।

अध्ययनको काम पूरा गर्न २ देखि ३ वर्षसम्म लाग्नेछ । आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम गरिने छ ।

 विभागले ८४४ मेगावाट क्षमताको कालिगण्डकी जलाशययुक्त आयोजनासहित अन्य ९ ओटा आयोजनाको एकैपटक अध्ययनको प्रक्रिया थालेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया