१०० बर्ष भन्दा लामो आयुका लागि अंगुर !

४ बर्ष अगाडि

काठमाडौँ  – लामो उमेर चाहने मानिसहरूको कामना अब चाडै नै पूरा हुने भएको छ । हार्वार्ड विश्वविद्यालयका शोधकर्ताहरूले कालो अंगुर र यसमा रहेको रसायनले उमेर वृद्धि हुने असरलाई कम गर्न सक्षम हुने अध्ययनबाट निष्कर्र्ष निकालेका छन् । 

अंगुरको असर मानिसमा यस्तो पर्न जान्छ जसले मानिसलाई १०० बर्ष भन्दा पनि लामो समय सम्म जीवित राख्न सक्दछ । कालो अंगुरमा पाइने रेसवेराट्रोल नामक रसयानले शरीरमा अवस्थित एसआइआरटी–१ नामक प्रोटिनमा सक्रियता बढाउँदछ । जसले कोशिकाहरूमा कार्यक्षमता वृद्धि हुन गई मानिस तन्दुरुस्त हुन जान्छ ।

यसका साथसाथै गम्भीर प्रकारका रोगहरूले पनि शरीरमा आक्रमण गर्न सक्दैन, जसले मानिस लामो समयसम्म जीवित रहन् सहयोग गर्छ । हाल शोधकर्ताहरूले टाइप–२ का रोगीहरूमा यसको अनुसन्धान गरिरहेका छन् ।

शोधकर्ताहरूले अनुसन्धानका क्रममा रेसवेराट्रोलको प्रयोगले प्राणीहरूमा प्रोटिनको सक्रियता बढाउने जसले उमेर पनि बढ्न जाने देखिएको थियो । यस रसायनले मानिसहरूमा रोगहरू नियन्त्रणमा राख्न मद्दत मिल्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया