३१ हजार ६ सय ४२ जना काँग्रेसमा प्रवेश

४ बर्ष अगाडि

काठमाडौँ– नेपाली काँग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्नु अघि नै संघीय संरचना अनुसार आफ्ना पार्टी संरचना बनाउने भएको छ । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् । 

त्यस्तै अधिवेशन हुन नसकेका भात्रृ संस्थाहरुलाई दोस्रो चरणको अभियान अघि नै मनोनय गर्ने जनाएको छ । नेविसंघ लगायतका भात्रृ संस्थाको अधिवेशन हुन सकेको छैन । 

काँग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौबाट सुरु गर्ने यसअघि नै घोषणा गरिसकेको छ । यसैबीच प्रथम चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान” मा देशभरबाट ३१ हजार ६ सय ४२ जना पार्टी प्रवेश गरेको काँग्रेसले जनाएको छ ।
जागरण अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले त्यस क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट काँग्रेसमा सो संख्यामा प्रवेश बताए ।

काँग्रेस प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका व्यक्तित्वहरु समेत रहेको काँग्रेसले जनाएको छ । 
नव प्रववेशीहरुलाई पार्टीले आवश्यक प्रशिक्षणपछि उपयुक्त जिम्मेवारी प्रदान गर्ने जनाएको छ । 

काँग्रेसको प्रथम चरणको उक्त अभियान वैशाख २५ मा सुरु भएर जेठ २५ गते मा सम्पन्न भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया