चढ्ने हैन त नयाँ होण्डा Dio DLX ?

४ बर्ष अगाडि

काठमाडौं– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनि स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले नेपालमा सर्वाधिक बिक्री हुने Dio DLX  स्कुटरको नयाँ मोडेल होण्डा Dio DLX लाई नेपाली बजारमा भित्राएको छ ।

समकालीन शहरी डिजाइनमा आधारित होण्डा Dio DLX मा आकर्षक र स्टाईलिस लुक रहेको छ जसले आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे छ । 
उत्कृष्ट माइलेज भएको १०९ सिसि ईन्जिन युक्त यस Dio DLX मा चालकहरुको सहजताका लागि पूर्ण डिजिटल मिटरका साथै स्पिड इण्डिकेटर रहेको छ । 

Aeat Opening Switch का साथै 4 in 1Lock  सिस्टम रहेको DiO dLx मा अगाडि अवस्थित स्मार्ट Aeat Opening Switch  र प्रशस्त Under Seat Storage  ले यस स्कुटरलाई अझ बढी उपयोगी बनाएको छ ।

Equaizer का साथ cobi borake  A ystem (cbos) युक्त यस स्कुटरले ब्रेकिङ्ग दूरी न्यूनतम गरी स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षित यात्रा सुनिश्चित गर्दछ । विभिन्न विशेषताहरुले भरिपूर्ण यस होण्डा DIO dLx  मा अर्को मुख्य आकर्षक विशेषता भनेको यसमा रहेको सर्भिस ड्यू इण्डिकेटर रहेको छ जसले चालकहरु लागि नियमीतरुपमा सर्भिसिङ्ग गर्नको लागि स्मरण गराउँछ ।
मोबाइल चार्जिङ्ग सकेट सहित उपलब्ध यस नयाँ DIO dlx को नेपाली मूल्य रु.२,०३,९०० तोकिएको छ ।   

सन् १९६७ मा ज्योति ग्रुपद्वारा आयात गरिने होण्डा मोटरसाइकलहरुको बिक्रि वितरणसँगै स्थापित स्याकार टे«डिङ्ग कम्पनी प्रा.लि. नेपालको एक प्रतिष्ठित र अग्रणी कम्पनी हो जसको शोरुमहरु नेपालभर फैलिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया