अस्ट्रेलियाले इंग्ल्यान्ड र भारतले न्युजिल्यान्डसँग खेल्ने

४ बर्ष अगाडि

काठमाडौँ — विश्वकप क्रिकेट २०१९ मा शनिबार रातिबाट लिग चरणबाट सबै खेल समाप्त भएका छन् । लिग चरणको खेल पुरा भएसँगै  सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

अब लिग तालिकामा १५ अंकसहित शीर्ष स्थानमा रहेको भारतले चौथो स्थानमा रहेको न्युजिल्यान्डसँग पहिलो सेमिफाइनल खेल्नेछ । न्युजिल्यान्ड ११ अंकसहित चौथो स्थानमा रह्यो ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया १४ अंकमा दोस्रोमा रह्यो र उसले आयोजक इंग्ल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्ड १२ अंकमा तेस्रो स्थानमा रह्यो ।

४ बर्ष अगाडि

प्रतिक्रिया