घुस लिएको आरोपमा इञ्जिनीयर समातिए

४ बर्ष अगाडि

सर्लाही–घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव आज मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया