सामसुङ मोवाइल किन्दा १८ हजारसम्म छुट, बिदेश जाने अवसर पनि

४ बर्ष अगाडि

दशैंको मौकामा सामसुङ मोवाइल किन्दा १८ हजारसम्म छुट पाइने भएको छ । 

सामसुङ इलेक्ट्रोनिक्स नेपालले सामसुङ स्मार्टफोनहरुको खरिदमा गर्दा रु १ हजारदेखि १८ हजार सम्मको क्यास ब्याक अफर ल्याएको हो । 

अफर अनुसार अरूबेला रू १,लाख ९ हजार नौ सय पर्ने ग्यालेक्सी नोटनाइनको मूल्य  ९९ हजार ९ सय पर्ने छ । 

ग्यालेक्सी एस टेन प्लसको मूल्य १ लाख पाँच हजार, ग्यालेक्सी एस १० को ८४ हजार, ग्यालेक्सी ए ८० को ६४ हजार ९९०, ग्यालेक्सी ए ७० को ४२,८९०, ग्यालेक्सी ए ५० को २९ हजार ४९० र ग्यालेक्सी ए ३० को मूल्य २४ हजार ८९० तोकिएको छ । 

त्यसैगरी सामसुङ इलेक्ट्रोनिक्सले ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना पनि ल्याएको छ । 

दशैंमा बिदेशमा रहेकालाई स्वदेश आउन नपाए विदेशमै आफन्तसँग दशैं मनाउन यो योजना प्रस्तुत गरेको जनाइएको छ । 

साउन ८ गतेदेखि साउन ३० गतेसम्म यो योजना लागू हुने कम्पनीले जनाएको छ । 

योजना अवधिभर सामसुङ आउटलेटबाट कुनै पनि सामसुङ स्मार्ट फोन खरिद गर्नु पर्ने जनाइएको छ ।

आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनु पर्ने र त्यो फारममा आवश्यक विवरण भरी ‘बिदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ’ भन्ने आफ्नो मनको कथा लेख्नुपर्ने जनाएको छ । 

आवश्यक विवरण र कथा लेखिसके पछि योजना अवधि भित्र सोही स्थानमा राखिएको ड्रपबक्समा खसाल्नु पर्ने कम्पनीले जनाएको छ । 

प्राप्तभएका कथा मध्येबाट छनौट गरी उत्कृष्ट ५ कथाले ४ दिन ३ रातको मलेसिया, कतार, साउदी अरेबिया, युएइवा दक्षिण कोरियामा गई आफ्नासँग सँगै दशैं मनाउने अवसर पाउने जनाइएको छ । योजना समाप्त भएको ७ दिनपछि भदौ ५ गते नजिता प्रकाशित गरिने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया