नेपाल बैंकका सीईओ अधिकारीद्वारा  पदभार ग्रहण

४ बर्ष अगाडि

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० कृष्णबहादुर अधिकारीले पदभार ग्रहण गरेका छन् । 

अधिकारीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरेका हुन् । 

बैंकको संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच सीईओ अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । 

२०६१ मा छैठौं तहबाट सेवा प्रवेश गरी विभिन्न जिम्मेवारी सम्हालेका अधिकारी विगत ६ महिनादेखि कायममुकायम प्रमुख कार्यकारी अधिकृत थिए । उनलाई असोज ११ गते बैंक सञ्चालक समितिको बैठकले सीईओमा छनोट गर्ने निर्णय गरेको थियो । 

१४ जना आवेदक मध्येबाट उनी छनौट भएका हुन् । 

पदभार ग्रहण गर्दै अधिकारीले नेपालकै अगुवा बैंकमा प्रमुख कार्यकारी पदमा आफूलाई दिइएको जिम्मेवारीप्रति इमान्दार रही बैंकको श्रीवृद्धिका लागि नैतिकतापूर्ण एवं व्यावसायिक बैंकिङ अभ्यास आत्मसात गरी समर्पित रहने प्रतिवद्धता व्यक्त गरे । 

४ बर्ष अगाडि

प्रतिक्रिया