नौ करोड बराबरको आलु र प्याज आयात

४ बर्ष अगाडि

काठमाडौं – नेपालमा दुई महिनाको अवधिमा भारतका विभिन्न सहरबाट साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो ।

गत आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा सात करोड ३५ लाख २३ हजार ५८५ रुपिया मूल्य बराबरको आलु प्याज भित्रिएकोमा यस आर्थिक २०७६/७७ वर्षमा दुई करोड दुई लाख ९३ हजार रुपियाँले बढेर नौ करोड ३८ लाख १७ हजार ४०३ रुपियाँ बराबरको आलु प्याज भित्रिएको हो ।

साउन र भदौ महिनामा वीरगञ्ज नाका भएर तीन करोड चार लाख ८३ हजार ३७३ रुपिया बराबरको १३ लाख ९३ हजार ९०० किलो आलु नेपाल भित्रिएको थियो । 
गोरखापत्र दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया