सी को भ्रमणले अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुन

४ बर्ष अगाडि

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुने भएको छ ।

विमानस्थलले शनिबार एक नोटम(नोटिस टु एयरमेन) जारी गर्दै शनिबार साढे २ घण्टा आइतबार साढे २ घण्टा गरी ५ घण्टा विमानस्थल अवरुद्ध हुने जनाएको हो ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको भन्दै सो बीचमा आन्तरिक र बाह्यतर्फका सबै उडान प्रभावित हुन सक्नेछन् । 

अन्तर्राष्ट्रि उडानका लागि पार्किङ सीमितताका कारण समेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको भन्दै प्राधिकरणले  संशोधित उडान तालिका सम्बन्धित वायुसेवा कम्पनीबाट प्राप्त गर्न सकिने जनाएको छ । 

यस्तै प्रभावित उडानहरुको व्यवस्थापनको लागि विमानस्थल भने २४ सै घण्टा सञ्चालन गरिने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया