अफगानिस्तानमा बम बिस्फोट, ६२ जनाको मृत्यु

४ बर्ष अगाडि

 

अफगानिस्तान पूर्वी नानगरहरको एक मस्जिदमा भएको बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ।

नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानीले दिएको जानकारीका अनुसार 
शुक्रबार भएको विस्फोटबाट ६२ जनाको ज्यान गएको र दर्जंनौ घाइते भएका छन ।

यस आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको भने छैन।

बिस्फोटको समया मस्जिदमा ३५० भन्दा बढी मानिसहरु प्रार्थना गरिरहेको एक प्रत्यक्षदर्शीले अलजजिरालाई बताएको छन।

उद्दार टोली खटिसकेको र मर्नेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। केही दिनअघि मात्रै संयुक्त राष्ट्रसंघले युद्धग्रस्त देशमा नागरिकको मृत्युको संख्या गर्मीमा अभूतपूर्व तहमा पुगको बताएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया