डलरको भाऊ ह्वात्तै बढ्यो, यस्ता क्षेत्रमा पर्नेछन् नकारात्मक असर

५ बर्ष अगाडि

काठमाडौँ । नेपाली बजारमा अमेरिकी डलकारे भाऊ बढेको छ । डलरको भाऊ बढ्दा सैभन्दा बढी प्रभाव निर्माणमा रहेका जलविद्युत् आयोजनाका ठेबेदारको भुक्तानी तथा विदेशबाट समान आयातमा पर्ने देखिएको छ ।

वैदेशिकर रोजगारीमा रहेका नेपालीलाई फाइदा हुने भएपनि त्यसले मुलुकको अर्थतन्त्रलाई भने नकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको छ ।

पछिल्लो दुई महिनामा डलरको भाउल करिब आठ रुपैयाँले बढेको छ ।

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएसँगै त्यसले नेपालको व्यापार घाटा थप चुलिने र कुल गार्हस्थ उत्पादनको आकारमा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।

बिहीवार अन्तराष्ट्रिय बजारमा एक डलर खरिद गर्न नेपाली मुद्रा ११० रपैयाँ ३७ पैसा खर्च गर्नुपर्ने अवस्था आएको थियो । भारतीय रुपैयाँको भाउ डलरको तुलनामा घटेसँगै भारतसँग स्थिर विनिमय दर रहेको नेपाली रुपैयाँ पनि सस्तो भएको हो ।

डलरको भाऊ बढ्दा नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद गरिरहेका खिम्ती, माथिल्लो मस्र्याङदी ए जस्ता आयोजनालाई बढी भुक्तानी दिनुपर्ने अवस्था रहेको छ ।

त्यसले प्राधिकरणको आर्थिक अवस्थालाई कमजोर बनाउने निश्चितप्राय देखिएको छ । यस्तै विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जस्ता आयोजनाका ठेकेदारलाई गर्नुपर्ने भुक्तानीमा समेत समस्या पर्ने देखिएको छ ।

समय र लागत बढ्दै जाँदा माथिल्लो तामाकोशीमा हाल दैनिक रु एक करोड बराबरको घाटा भइरहेको छ । डलरको भाऊ बढ्ने वित्तिकै सो आयोजनाको ठेकेदारलाई दिनुपर्ने भुक्तानीमा समेत समस्या पर्ने देखिएको छ । यस्तै अरु विकास निर्माणका काम गरिरहेका ठेकेदार तथा निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानीमा समेत समस्या पर्ने देखिएको छ ।

विदेशबाट समान आयात गर्दा समेत डलरमा नै भुक्तानी गर्नुपर्ने भएकाले लागत समेत बढी पर्ने भएकाले मुलुकको भुक्तानी सन्तुलनमा समेत समस्या खडा हुने भएको छ ।

तर डलर महँगो हुँदा ठूलो मात्रामा विदेशबाट आउने  विप्रेषणको आप्रवाह बढ्ने ठानिएको छ । एक भारु बराबर १.६० नेपाली रुपैयाँको विनिमय दर रहने सम्झौता गरिएका कारण पनि समस्या परेको छ ।

डलरको भाउ बढ्दै गए नेपालीको दैनिक उपभोग्य वस्तुदेखि लिएर देशको अर्थतन्त्रमै असर पर्ने देखिएको छ ।

नेपालको निर्यातको अवथा एकदमै कमजोर रहेको छ । आयातको मात्रा बढी भएका कारणले पनि डलरको भाऊ बढ्ने बित्तिकै सबैभन्दा बढी समस्या बजारमा देखिन थाल्छ । यस्तै पेट्रोलियम पदार्थको आयातमा समेत समस्या थपिनेछ ।

आयातित सामान खरिद गर्दा डलरमै तिर्ने हो। डलरको भाउ बढेपछि व्यापार घाटा बढाउन सक्ने देखिएको छ ।

व्यापार घाटा बढ्दै गयो भने यसले हाम्रो कुल गार्हस्थ उत्पादनको आकारमा पनि प्रभाव पार्नसक्ने अवस्था देखिएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा रु ९ खर्ब १९ अर्ब पुगेको छ ।

आयातित वस्तुको भाउ बढेपछि आयातित वस्तुको भाऊ बढ्ने र आन्तरिक बजारमा समेत त्यसले नकारात्मक प्रभाव पर्ने निश्चितप्राय देखिएको छ । डलर महँगो हुँदा विदेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीले तिर्ने शुल्कमा समेत बढोत्तरी हुने निश्चित नै भएको छ ।

यस्तै वैदेशिक ऋण भुक्तानी गर्न भनी बजेटमा छुट्याइएको रकम अब बढ्नेछ । सरकारले यस वर्ष साँवा र ब्याज दुवै गरी करिब रु २८ अर्ब वैदेशिक ऋण तिर्ने गरी व्यवस्था गरेको छ ।

तर अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको  विप्रेषण आप्रवाह भने बढ्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशमा काम गर्ने नेपालीलाई लाभ भएपनि तेस्रो मुलुकबाट आयातमा पनि नकारात्मक प्रभाव पर्नेछ ।  तर आयातको तुलनामा निर्यात निकै कम हुने भएकाले नकारात्मक प्रभाव नै बढी हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय  बजारमा कच्चा तेलको मूल्य बढेको छ । व्यउापार युद्धका कारण चीन, भारत, अमेरिका तथा समग्र यूरोपमा समेत समस्या खडा भएको छ । त्यसले नेपाली अर्थतन्त्रलाई थप नकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया