एफपिओ नबिकेपछि एनएमबीले गर्दैछ यस्तो फण्डा, लगानीकर्तालाई डुबाउने मेलो

५ बर्ष अगाडि

काठमाडौं–  थप सार्वजनिक निस्काशन (एफिओ) नबिकेर हैरान भएको एनएमबी बैंकले अर्को फण्डा सुरु गरेको छ । त्यो फण्डा हो आभाशं ।

 एफपिओ नविक्ने छाँटकाँट देखेपछि एनएमवि बैंकले लांभासको लोभ देखाई लगानीकर्तालाई पुनः ठग्ने उपाय निकालेको छ ।

गत जेठ ३१ गतेदेखि निष्काशन गरेको एफपिओ अझै विकेको छैन । एफपिओको बिक्रीको समय भोलि बिहिबार सम्म अर्थात् असार २८ गतेसम्म रहेको छ ।

एफिओ नविकेपछि विकाउन लाभांश घोषणा देखिन्छ ।

बैंकले १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

हतारहतारमा असार २६ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।  

बैंकले जेठ ३० गते देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला थियो ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषको अनुसार मंगलबार बेलुकासम्म २ अर्ब ६१ करोड रुपैयाँको आवेदन परेको छ ।

अहिलेसम्म कुल ६४ हजार ६५० जनाबाट ७८ लाख ३७ हजार ८३७.८३ कित्ताका लागि आवेदन दिएका छन् ।

अझ ३५ लाख ७७ हजार कित्ता बिक्न बाँँकी छ ।

 लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँका दरले यसमा आवेदन दिन सक्नेछन् ।

 तर, एनएबी बैंकको दोस्रो बजारमा प्रतिकित्ता ३४५ रुपैयाँमा कारोबार भैरहेको छ । यो समाचार तयार पर्दाखेरी एफपिओ र बजारको मूल्यको अन्तर मात्रै १३ रुपैयाँ रहेको छ ।

नेप्सेमा बैंकको एफपिओ सूचिकृत भएपछि मूल्य घटेर बुटवल पावर कम्पनीले जस्तै लगानीकर्तालाई हरिविजोग बनाउने देखिएको छ । त्यसकारण लगानीकर्ताले एनएमबीको एफपिओमा चासो देखाएका छैनन् ।

न्यूनतम १० देखि अधिकतम सबै कित्तासम्म भर्न सकिने व्यवस्था गरिएको थियो । त्यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने भनिएको थियो ।

 बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गरेको जनाएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया