नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिकाअन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन् ।
सडक निर्माणका क्रममा प्राधिकरणले बिजुलीका पुराना खम्बा परिवर्तन गरी नयाँ अग्ला खम्बा गाड्नुपर्ने र सोही खम्बामा बिजुलीका तारसँगै टेलिकमले पनि आफ्ना तार विस्तार गर्नुपर्ने हुन्छ । सडक निर्माणमा जुटेका निर्माण कम्पनीले सडकलाई कालोपत्र गर्न तयारी अवस्थामा बिजुलीका खम्बा, तार र टेलिकमले सोही खम्बामा आफ्ना तार विस्तार गर्न नसकेका कारण काममा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ ।
समयमा काम सम्पन्न नहुँदा विराटनगरवासीबाट जनप्रतिनिधि आलोचित भइरहेका छन् भने विद्युत् प्राधिकरण र टेलिकमका कर्मचारीको आपसी द्वन्द्वका कारण विकास निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ । विगतदेखि शहरी क्षेत्रमा रहेका बिजुलीका खम्बा होचा र त्यसमा पनि टेलिफोनका तारसँगै विभिन्न केबलका तार जोडिएकाले सडक कुरुप देखिन थालेका छन् । रासस
प्रतिक्रिया