१५ अर्ब अमेरिकी डलरकाे आईपीओ निष्कासन हुँदै, विश्वकै ठूलाे धनराशी

४ बर्ष अगाडि

विश्वप्रशिद्ध कम्पनी अलीबाबाले १५ अर्ब अमेरिकी डलरबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

हङकङको सेयरबजारमा लिस्टिङका लागि अलिबाबाले नोभेम्बरको अन्तिम सातासम्म  आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । 

त्यसका लागि अलीबाबाले आगामी बिहीबार हङकङको सेयर लिस्टिङ कमिटीसँग आईपीओ निष्कासनको अनुमति लिने समाचारहरुमा बताईएको छ । 

अलीबाबाले आईपीओ निश्कासन गरेमा यो विश्वकै सबैभन्दा धेरै धनराशिको आईपीओ हुने छ । यसअघि सन् २०१४ मा उसले अमेरिकाको सेयर बजारमा लिस्टिङका बेला जारी गरेको आईपीओबाट २५ अर्ब अमेरिकी डलर जम्मा गरेको थियो ।

हङकङमा अहिले सरकारविरोधी आन्दोलनका कारण आर्थिक गतिविधि डामाडोल बनेको अबस्थामा अलीबाबाको आईपीओले हङकङको आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको छ । – एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया