एक बैंकको संस्थापक सेयर बिक्रीमा

१ हप्ता अगाडि

काठमाडौं- एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० हजार ७३२ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनी तथा सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ प्रस्ताव गरिएको छ । सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । लगानीकर्ताले आगामी वैशाख २० गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया