'डा. केसीका माग पुरा भैसके'- दुर्गा प्रसाई

४ बर्ष अगाडि

 बि.एण्ड.सि मेडिकल सञ्चालक दुर्गा प्रसाईले डा. केसीले उठाएको सबै माग पुरा भैसकेको बताएका छन । काठमाडौंमा भएको एक कार्यक्रमा बोल्दै उनले डा. केसीले अघि सारेको कुनै पनि माग जायज नभएको जिकिर गरे ।

 उनले आफुमाथी अन्याय भएको बताउदै भने, ‘पूर्व मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज थिएन् । मैले खोलें । २९ लाख मेचीवासीहरुको हितको लागि मैले कलेज खोलेको हुँ । कोशीमा तीन वटा मेडिकल कलेज छन् । बाग्मतीमा मात्रै दश वटा छन् । सुलभ स्वास्थ्य पाउनु मेचीवासीको अधिकार होईन् रु डा। केसीका माग डिनबाट सुरु भएको हो । शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसक्यो । उहाँका सबै माग पूरा भएका छन् । मेरो पीडा कसले बुझ्ने रु’

उनले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् रु त्यसको अनुगमन होस भन्ने पक्षमा आफू पनि भएको सुनाए । उनले भने, ‘लगानीको आधारमा शुल्क लिएका छन् ।’ उनले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि सुनाए । तर, आज ८ वर्ष बितिसक्दा पनि अनुमति नदिएको उनको गुनासो छ । उनले भने, ‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने रु’

प्रसाईले गत वर्षमात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको सुनाए । त्यतिमात्रै नभएर उनले करिब एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको पनि बताए । उनले भने,‘म सुरेन्द्र भण्डारीजीलाई भन्छु खोई त मेरो लागि तपाईहरुले बोल्नुभएको हो रु तपाईहरुको पनि त दायित्व भन्ने कुरा होला नि । मैले के सबैभन्दा राम्रो क्यान्सर अस्पताल बनाएको छु, यो बनाउनु के अपराध हो त रु’

उनले अनशनरत डा। केसीका कुन माग राम्रा छन् भन्दै देखाउन चूनौति दिए । उनले भने, ‘म माफिया होईन, गोविन्द केसीलाई अनशन बस्न धलगाउनेहरु माफिया हुन् । हामीले त डा। केसीलाई साथ दिएकै हो नि । उहाँले सुदुर पुर्व जान भन्नुभयो, मैले बि।एण्ड।सी। खोलें ।’ उनले आफूमाथि उल्टै अन्याय र अत्याचार भएको आरोप लगाए । उनले देशमा सबैभन्दा राम्रो हस्पिटल र मेडिकल कलेजपनि आफ्नै भएको दाबी गरे । नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको पनि उनको आरोप छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया