डेपुटी गर्भनर श्रेष्ठमाथी छानबिन समितिबाट रामजी रेग्मीले दिए राजीनामा

४ बर्ष अगाडि

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सरकारले लगाएको आरोपहरु छानबिन गर्न बनाइएको समितिबाट रामजी रेग्मीले राजीनामा गरेका छन्। 

सरकारले तीन वटा गम्भीर आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई छानबिन गर्न निर्देशन दिएको थियो। राष्ट्र बैंक सञ्चालक समितिले श्रीराम पौडेलको संयोजकत्वमा रेग्मी र सुवोधकुमार कर्णको तीन सदस्यीय छानबिन समिति बनाएको थियो।

सुरुदेखि नै छानबिन समितिमा बस्न अनिच्छ्या देखाएका रेग्मीले लमजुङ जानुअघि राजीनामा गरेका हुन्। उनी बुधबार साँझ काठमाडौं फर्किँदैछन्।
 

४ बर्ष अगाडि

प्रतिक्रिया