नेपाल एयरलाइन्सले ओशाका र नारितामा उडान गर्दै

४ बर्ष अगाडि

नेपाल एयरलाइन्सले जापानको नारिता विमानस्थलमा उडानको पूर्वतयारी पूरा गरेको छ । मंगलबार नारिता विमानस्थलमा ग्राउण्ड हृयाण्डिलिङ सम्बन्धी एजेन्सीसँग सम्झौता भएसँगै अब नारिता उडानपूर्व आवश्यक तयारीको पाटो सकिएको हो ।
निगमले छिटै उडानको मिति तय गर्ने पनि जनाएको छ ।

 जापानकै अर्को शहर ओशाका र नारितामा कति उडान गर्ने भन्ने निक्र्यौलमा पुगी उडानको मिति सार्वजनिक गरिने  निगमले बताएको छ । 
गत अगष्टबाट नेपाल एयरलाइन्सले जापानको ओशाकामा उडान गरिरहेको छ । नारिता जापानको राजधानी टोकियोबाट नजिकको विमानस्थल हो ।

यस विमानस्थलमा उडान शुरु गरेपछि नेपाली यात्रुसँगै जापानका पर्यटकको नेपाल आगमन पनि बढ्ने अपेक्षा निगमको छ । ओशाकाको प्रारम्भिक उडानमा न्यून देखिएको यात्रुको चाप अहिले बढेको निगको दावी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया