निर्जीवन बीमा कम्पनीहरुको नाफा २२% ले बढ्यो, तर ३ कम्पनीको नाफामा भारी गिरावट

४ बर्ष अगाडि

काठमाडौं – निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा रू. ८० करोड २७ लाख नाफा कमाएका छन् । यो गत बर्षको भन्दा करिब २२ प्रतिशत बढी हो । गत आवको समिक्षा अवधीमा निर्जीवन बीमा कम्पनीहरूले रू. ६५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका थिए ।
बीमा कम्पनीहरू हालै सार्वजनिक गरेका पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । तर, दि ओरियण्टल इन्स्योरेन्सले अझै प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छैन । हाल नेपाली बीमा बजारमा २० निर्जीवन बीमा कम्पनी छन् ।
वित्तिय विवरण सार्वजनिक गरेका १९ कम्पनी मध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा बढी नाफा कमाएको छ । यस अवधीमा उक्त कम्पनीले रू. १२ करोड १४ लाख नाफा कमाएको छ । यस्तै, दोस्रो नम्बरमा रहेको नेको इन्स्यारेन्सले रू. ७ करोड ५३ लाख नाफा कमाएको छ । 
यस बाहेक नेशनल, राष्ट्रिय बीमा कम्पनी, प्रिमियर, एनएलजी, सगरमाथा इन्स्योरेन्सको नाफा पनि राम्रो देखिएको छ । उनीहरुले ५ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । 
यस्तै, नयाँ तीन कम्पनी मध्येले अजोड इन्स्योरेन्सले सबैभन्दा बढी नाफा कमाएको छ । अजोडले यस अवधीमा रू. ७४ लाख ६३ हजार नाफा कमाएको छ । अजोड, सानिमा र जनरल इन्स्योरेन्स २०७५ असारबाट सञ्चालनमा आएका थिए । उनीहरुले मात्र यस अवधीमा रू. २ करोड १० लाख नाफा रहेको छ । 
यस्तैै, यस अवधीमा ३ कम्पनीको नाफा भने घटेको छ । लुम्बिनी जनरल, हिमालयन जनरल र पु्रडेन्सियल इन्स्यारेन्सको नाफा घटेको देखिन्छ । 
गत आवको समिक्षा अवधीमा रू. ४ करोड ५ लाख नाफा कमाएको हिमालयन जनरलले अहिले रू. ३ करोड १९ लाख नाफा कमाएको छ । यस्तै, लुम्बिनी जनरलले अहिले रू. ३ करोड ७४ लाख नाफा कमाएको छ, बल्की कम्पनीले गत आवको सो अवधीमा रू. ४ करोड १८ लाख नाफा कमाएको थियो । पु्रडेन्सियल कम्पनीको नाफा पनि करिब २० लाख रुपैयाँले खुम्चिएको छ । गत आवको समिक्षा अवधीमा रू. ३ करोड ३२ लाख नाफा कमाएको उक्त कम्पनीले अहिले रू. ३ करोड १२ लाख मात्र नाफा कमाएको छ । 


४ बर्ष अगाडि

प्रतिक्रिया