वानप्लस ७ टी प्रो नोपालमा

४ बर्ष अगाडि

प्रविधि कम्पनी वानप्लसले प्रिमियम फ्ल्यागशीपको नयाँ स्मार्टफोन वानप्लस ७टी प्रो आइतवार नेपालमा सार्वजनिक गरेको छ । 

७टी प्रो मा ६ दशमलव ६७ इन्चको फ्ल्युड एमोलिड एचडी प्लस रिजोलुशन डिस्प्ले छ । ८५५ अक्टाकोर प्रोसेसर, ७ एनएम चिपसेट, २५६ जीबी यूएफएस ३ दशमलव शून्य स्टोरेज र ८ जीबी र्‍याममा उक्त फोन उपलब्ध छ । 

नेपाली बजारमा ९९ हजार ९९९ रुपैयाँ मूल्य कायम गरिएको वानप्लस ७टी प्रोमा मोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा,  शून्य दशमलव २८ सेकेन्डको फेस अनलक र अन्डरडिस्प्ले फिंगरप्रिन्ट पनि रहेको कम्पनीले बताएको छ । त्यस्तै, ७टी प्रो मा ४ हजार ८५ एमएएच फास्ट ब्याट्री चार्जर ३० वाटको चार्जिङ टेक्नोलोजी रहेको छ । यो समजार आजको आर्थिक अभियानमा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया