एनआईसी एशियालाई साताको सर्टिफिकेट अफ मेरिट

४ बर्ष अगाडि

एनआईसी एशिया बैंक साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्ट्स (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तिय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजर्स –सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । शनिवार बंगलादेशको ढाकामा आयोजित समारोहमा बैंकले उक्त अवार्ड पाएको हो । 

सार्क राष्ट्रको लेखा पेशालाई नियमन गर्ने निकायको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्कका विभिन्न क्षेत्रअन्तर्गत संस्थालाई सम्मान गर्दै आइरहेको छ । 

एनआईसीका प्रमुख वित्त अधिकृत रुपेश लुइटेलले बैंकका तर्फबाट सो अवार्ड ग्रहण गरेका हुन् । अवार्ड प्राप्त गर्ने वित्तिय संस्थालाई संस्थागत सुशासन तथा वित्तिय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिने बताइएको छ । 

अवार्ड पाएसँगै बैंकले थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र आगामी दिनमा वित्तिय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तिय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकका देशभर ३१० शाखा कार्यालय,३९३ एटिएम,९२ ओटा एक्स्टेन्शन काउन्टर एवं ४३ ओटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।  यो समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया