पुरूष फुटबलः भुटान विरुद्ध नेपालको २ गोलको अग्रता

मंगलबार, १७ मंसिर २०७६, १५ : ११

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटान विरुद्ध २ गोलको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको पाँचौ मिनेटमा नै नेपालले अग्रता बनाएको छ  । नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरेका छन् । 
त्यसपछि पनि नेपालले तीन वटा मौका पाएको थियो । तर नेपाल सफल हुन सकेन । जसका कारण नेपाल पहिलो हाफमा एक शुन्यले अगाडी रह्यो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको छ । नेपालका लागि कप्तान सुजलले नै गोल गरेका छन् । खेल भइरहेको छ । 

मंगलबार, १७ मंसिर २०७६, १५ : ११

प्रतिक्रिया