मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ । दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो ।
नेपाल र मलेसिया सरकारबीच भएको कामदारको नियुक्ति,रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीअनुसार मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिश गरिएको दूतावासले जनाएको छ ।
औद्योगिक क्षेत्रका १७ हजार ११६,सेवा क्षेत्र (सुरक्षा गार्डसहित) १० हजार १८३,कृषि क्षेत्र एक हजार ४७५, ‘प्लान्टेसन’ एक हजार ३९७ र निर्माण क्षेत्रमा माग भएका एक हजार ३० श्रमिकको मागपत्र प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ । मागपत्रको प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।