प्रहरी रिपोर्ट अब अनलाईनमै, काठमाडौं धाउनु नपर्ने

मंसिर १७, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) का लागि अनलाइन प्रणाली लागू गरेको छ । 

प्रहरीले रिपोर्टको लागि  काठमाडौं पुगेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था गरेको हो ।  

नेपाल प्रहरी दिवसको दिन अनलाइन प्रणाली शुरु गर्ने घोषणा गरेको प्रहरीले आइतवार (मंसिर १५ गते) देखि पूर्णरूपमा यो प्रणाली लागू गरेको जनाएको छ । 

अनलाईन प्रणाली लागू भएपछि सर्वसाधारण आफैले आफ्नो जानकारी अनलाईनमा दर्ता गर्न सक्नेछन् । 

दर्ता गरेको तीन दिनमा अनलाइनबाटै चारित्रिक प्रमाणपत्रको विद्युतिय प्रति लिन सकिने प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

अनलाइन प्रणालीमा रिपोर्टको फारम भर्नका लागि  नेपाल प्रहरीको बेवसाइटमा दायाँतर्फ रहेको ‘पुलिस क्लियरेन्स रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइ’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

ttps://opcr.nepalpolice.gov.np/#/login  मा क्लिक गरेपछि त्यहाँको निर्देशन अनुसार रजिष्ट्रेसन गर्ने, फारम भर्ने, तथा नागरिकताको नागरिकता र पासपोर्टका फोटो ‘अपलोड’ गर्नुपर्ने हुन्छ।

त्यहाँ फारम भरेपछि आउने एप्लिकेसन नम्बरको आधारमा  फर्म भरेको ३ दिनपछि सफ्ट कपी आफ्नो ‘आईडी’मै उपलब्ध हुने प्रहरी प्रधान कार्यालयको चालचलन शाखाका प्रहरी नायब निरीक्षक निर्मल दुलालले बताए ।

सक्कल प्रति नै चाहिने भएमा भने तीन दिनपछि नेपाल प्रहरीको केन्द्रीय कार्यलयको चालचलन शाखाबाट लिनुपर्ने उनको भनाई छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८