तामाकोशीको सेयरमा आइरिए दोलखाबासी, ५ गुणा बढी आवेदन पर्ने अनुमान

५ बर्ष अगाडि

काठमाडौं । नेपाल बैंक लिमिटेडको थप सार्वजनि निष्काशन नबिकेर शेयर प्रत्याभूतकर्ता कम्पनीले खरिद गर्नुपर्ने अवस्था आएको बेला माथिल्ले तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा भने बिहिबार सम्म माग भन्दा बढी आवेदन परेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयबासीलाई १ र्ब ५ करोड बराबरको साधारण सेयर बिक्री गर्न यही साउन १६ गतेदेखि आवेदन खुला गरेको थियो । तर बिहिबार सम्ममा नै कूल माग भन्दा बढी आवेदन परेको छ ।

शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष र काठमाडौं उपत्यकामा रहेका सनराइज बैंकको काउन्टरहरुमा शेयर आवेदकहरुको ठूलो लाइन लागेको छ ।

ठूला भनिएका नेपाल बै्रक, एनएमबी बैंकको थप सार्वजनिक निष्काशन नबिकेर हैरान भएका बेला साधारण सेयरमा भने स्थानीयको बढ्ता चासो देखिएको छ ।

बिक्री प्रबन्धकहरुका अनुसार १ अर्ब ३० करोड भन्दा बढीको आवेदन बिहिबारसम्म परेको छ ।  लगानीकर्ताको चासो बढेको र लामा लाइन देखेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, बिक्री प्रबन्धकको आग्रहमा नेपाल धितोपत्र बोर्डले शसेयर आवेदन गर्ने समय थप एक सात बढाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने शुक्रबारदेखि थप एक साताको समयावधी थप गरिएको जानकारी दिए ।

सयम थप भएको बारेमा बोर्डका प्रवक्ता निरज गिरीले पनि पुष्टि गरे । सबै तिरको आग्रह आयो र हामीले समय थप गरेका छौ, बोर्डका प्रवक्ता गिरीले भने ।

यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले राजधानी काठमाडौँमा उत्साहप्रदरुपमा शेयर आवेदन भइरहेको जानकारी बताए ।

प्रवक्ता डा न्यौपानेले राजधानीमा नै करीब २  अर्ब बढीको आवेदन पर्ने अनुमान गरिएको बताए ।

दोलखाका बासिन्दा खेतीपातीमा व्यस्त रहेको र आवेदन फर्म मात्रै गाउँगाउँमा पुग्दै गरेको अवस्थामा सबै संकलन हुँदा ५ गुणाभन्दा बढी आवेदन पर्ने सम्भावना देखिएको छ ।

त्यो भनेको करीब रु ५ अर्ब बराबरको आवेदन पर्ने देखिएको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ ।

कूल ४५६ मेगावाट क्षमताको आयोजना आगामी पुस मसान्तसम्ममा निर्माण गर्ने समय तालिका तय गरिएको छ ।

हाल आयोजनाको ९६ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाले स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरेपछि सर्वसाधारणलाई १  अर्ब ५८ करोड रुपैयाँ  बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया