मुसर्रफविरुद्धको मृत्युदण्ड सजाय रद्द

४ बर्ष अगाडि

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको छ। देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानूनी भन्दै अदालतले भंग गरेको छ ।

पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको हो। मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो। मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए । फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ। एडिसनल अटर्न जनरल इस्तियाक ए। खानका अनुसार यो फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावि हुनेछ ।

गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो। उच्च अदालतको फैसलामा विशेष अदालतले कानूनी प्रक्रियाहरु पूरा नगरेको जनाएको छ। धारा ६ मा गरिएको १८ औं संसोधनअनुसार यस्तो सजाय दिन नसकिने अदालतको ठहर छ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया