फेसबुक युट्युवमा नेपालबाट ५ अर्बकाे विज्ञापन, अबदेखि सिधै विज्ञापन दिन नपाइने

४ बर्ष अगाडि

नेपालीमाझ चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबमा विज्ञापन दिँदा सिधै दिन नपाइने भएको छ । 

सरकारले सामाजिक सञ्जालमार्फत अर्बौं रकम अवैधानिक रूपमा विदेशिने गरेको भन्दै अबदेखि बैंकिङ प्रणालीमा आबद्ध गराउनुपर्ने नियम ल्याउन लागेको हो । 

सामाजिक सञ्जालमा सिधै विज्ञापन दिँदा त्यसबाट ठूलो राजस्व गुमेको नेपाल राष्ट्र बैंकको ठहर छ । 

नेपालबाट वार्षिक करिब ५ अर्ब रुपैयाँ सामाजिक सञ्जालमार्फत विज्ञापनका रूपमा बाहिरिने गरेको भन्दै यसलाई वैधानिक बनाउने तयारी सुरु गरेको राष्ट्रबैंकले जनाएको छ । 

सामाजिक सञ्जालमा विज्ञापन प्रकाशन, प्रसारण गराउन सर्वप्रथम त्यस्तो काम गर्ने संस्थाले राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायकसँग सम्पर्क गर्नुपर्नेछ । 

विज्ञापनको दर टुंगो लागेपछि त्यस्ता सेवा प्रदायकले सम्बन्धित संस्थाको नाममा इन्भ्वाइस जारी गर्नेछन् । सोही इन्भ्वाइसका आधारमा विज्ञापनको काम गर्ने संस्थाले बैंकमा रकम जम्मा गराउनुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया