मेगाले बाँड्यो उदयपुरमा न्यानो कपडा

४ बर्ष अगाडि

चिसोका कारण विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले  मेघा बैंकले उदयपुरका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । 

बेलकाको सरस्वती आधारभुत विद्यालय, एबीसी कोशीटप्पु र भालमनटीस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कपडा वितरण गरेको जनाएको छ । 

नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रको समन्वयमा भएको कार्यक्रममा पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले कपडा वितरण गरेका थिए । 

गत साता मात्रै बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिकालाई ब्याल्याङ्केट वितरण गरेको थियो । 

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरुको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया