दशैपछि उड्छन निगमका जहाज यी गन्तव्यमा

५ बर्ष अगाडि

काठमाडौँ । नेपाल वायु सेवा निगमले वाइडबडी अर्थात् ठूला विमानले आगामी दशैँपछि दक्षिण कोरिया, जापान र साउदी अरेबियामा उडान सुरु गर्ने भएको छ ।

ती तीनवटै देशको नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजावाहक निगमलाई उडान तथा अवतरणको स्वीकृति दिएको  ।

अब उडान अनुमति दिनुपूर्व नेपाली विमान र विमानस्थलको सुरक्षाबारे बुझ्न तीनवटै देशका टोली अर्को महिना नेपाल आउन लागेको छ ।

करिब रु  २४ अर्ब निगमले गत महिना दुई ठूला विमान खरिद गरेको हो ।

निगमले  अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र युरोपेली देशहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेर विमान किनेको झन्डै एक महिना बितिसक्दा पनि नयाँ गन्तव्यमा उड्न नपाउँदा निगमले दैनिक लाखौँ रुपैयाँ घाटा बेहोरिरहेको छ ।

सुरक्षाको निम्ति पहिले उडान अनुमति पाएका देशहरूमा उडाएर अनुभव लिनुपर्ने अन्तर्रा्ष्ट्रिय अभ्यासका कारण अहिले नयाँ देशहरूमा अनुमति पाए पनि उडाउन नमिल्ने निगमको भनाइ छ।

तर अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र युरोपेली देशहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेर विमान किनेको झन्डै एक महिना बितिसक्दा पनि नयाँ गन्तव्यमा उड्न नपाउँदा निगमले दैनिक लाखौँ रुपैयाँ घाटा बेहोरिरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया