मोटरसाइकल आयातमा विभागको बदमासी

५ बर्ष अगाडि

काठमाडाै‌-नेपालमा सवारीसाधन भित्र्याउँदा न्यूनतम युरो–थ्री सरह मापदण्ड पूरा भएको हुनुपर्ने व्यवस्था छ । युरो स्ट्यान्डर्ड नै नभएका मोटरसाइकल जतिसुकै वातावरणमैत्री भए पनि भित्र्याउन पाइँदैन । तर, यातायात व्यवस्था विभागले उक्त कानुनको उल्लंघन गर्दै प्रदूषण मापदण्ड नै कायम नभएको बंगालादेशमा उत्पादित रनर मोटरसाइकललाई ‘प्रदूणणस्तर’ ठिक छ भनी आयात अनुमति दिँदै आएको छ । रनर मोटरसाइकलको गुणस्तर जेजस्तो भए पनि यो मोटरसाइकल भित्र्याउँदा कानुनको उल्लंघन भएको छ र यो तथ्य यातायात व्यवस्था विभाग नै स्वीकारेको छ । 
भारतबाहेकका देशबाट आयात हुने सवारीले वार्षिक रूपमा सीओपी (कन्फर्मिटी अफ प्रोडक्सन) पेश गर्नुपर्छ । तर, रनर मोटरलाइकलले हालसम्म सीओपी पेश गर्न नसकेको विभागका एक प्राविधिकले बताए । “युरो थ्री सरहको सवारी आयात गर्न दिनु नै गलत भएको हो । हामीले पटक–पटक सीओपीलगायत कागजात ल्याउन भनेका छौं,” ती प्राविधिकले भन्छन्, “तर, कागजात ल्याउन नसक्दा उनीहरूले समस्या झेलिरहेका छन्, यसबारेमा विभागले पुनर्विचार गर्नुपर्छ ।” 
सुरुमा बंगालादेशको मोटरसाइकल रनर म्याक्सी अटोमोबाइल प्रालिले आधिकारिक विक्रेताको रूपमा आयात गरेको थियो । हाल रनरको नेपालका लागि आधिकारिक बिक्रेता रमन मोटर्स प्रालि हो । उक्त कम्पनीले सुरुमा पुरानोजस्तै कागजात पेश गरेर स्वीकृति लिएको भएपनि हाल कागजात पु¥याउन सकेको छैन । किनकि बंगालादेशमा युरो स्ट्याण्डर्ड नै लागू भएको छैन । काराेबार दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया