कर्णाली प्रदेशको विकासका लागि पहिलो आवधिक योजना बन्दै

४ बर्ष अगाडि

कर्णाली प्रदेशको विकासका लागि पहिलो पटक आवधिक योजना बन्ने भएको छ । कर्णाली प्रदेश योजना आयोगले पहिलो पञ्चवर्षिय योजना बनाउन लागेको हो । 

योजनामो मस्यौदा तयार भइसकेकोले माघ १० गते बस्ने कर्णाली विकास परिषदको पहिलो बैठकमा सो मस्यौदामा छलफल हुने छ । 

बैठकमा प्रदेश सो योजनाको  मस्यौदाबारेमा सदस्यको सुझाव तथा मार्गदर्शन लिइने योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले जानकारी दिए । 
     
कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रूपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आव २०७६/७७ देखि २०८०/८१) मा  १० परिच्छेद छन् । 

पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ ।     
 

४ बर्ष अगाडि

प्रतिक्रिया