नेपाल आयल निगम कर्मचारी संघको आठौं महाधिवेशन फागुन २३ र २४ मा

४ बर्ष अगाडि

नेपाल आयल निगम कर्मचारी संघको आठौं महाधिवेशन फागुन २३ र २४ मा हुने भएको छ । 

दुई संगठनहरु बीचको एकतापछिको पहिलो महाधिवेशन समेत रहेको उक्त महाधिवेशन काठमाडौंमा हुने भएको हो । 

महाधिवेशन सफलताका लागि संघले १ सय १ सदस्यीय मूल आयोजक समिति र विभिन्न ११ उपसमितिहरु गठन गरेको छ । 

निगमका सम्पूर्ण कर्मचारीहरु एक होऔंू भन्ने मूल नाराका साथ तय भएको महाधिवेशनको मूल आयोज समितिको संयोजक देवीप्रसाद न्यौपाने रहेका छन् । 

त्यस्तै गोपालचन्द्र राईको संयोजकत्वमा संगठन विभाग, रमेश ज्ञवालीको संयोजकत्वमा विधान संसोधन समिति, मधुमास पुनको संयोजकत्वमा प्रचार प्रसार विभाग, हिरा प्रधानको संयोजकत्वमा साँस्कृतिकरसांगीतिक विभाग, कैलाश बहादुर अधिकारीको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन विभाग, देवराज जोशीको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन विभाग गठन गरिएको छ । 

त्यस्तै छविलाल अवस्थीको संयोजकत्वमा मञ्च व्यवस्थापन, सुनिता मैनालीको संयोजकत्वमा अतिथि सत्कार, रामप्रसाद उप्रेतीको संयोजकत्वमा सवारी व्यवस्थापन, गोपालचन्द्र राईकै संयोजकत्वमा आर्थिक व्यवस्थापन र झबिन्द्र विकको संयोजकत्वमा स्मारिका प्रकाशन विभाग गठन गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया