वायुसेवाको अध्यक्षको जिम्मेवारी अधिकारीलाई

४ बर्ष अगाडि

सरकारले नेपाल वायुसेवा निगमका अध्यक्षको जिम्मेवारी पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई दिएको छ । 

निगमका अध्यक्ष मदन खरेलले दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रीपरिषदको बैठकले रिक्त पदमा अधिकारीलाई जिम्मेवारी दिने निर्णय गरेको हो । 

खरेलले काम गर्न नसकेपछि गतसाता राजीनामा दिएका थिए । 

त्यस्तै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीसँग एभिएसन विषय सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया