पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

४ बर्ष अगाडि

पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित निःशुल्क मुटु रोग परीक्षण शिविरमा ४०० बढीको उपचार गरिएको छ । 

पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४०२ जनाले स्वास्थ्य लाभ लिएका हुन् । 

जसमध्ये १० जनाको मुटुको ‘शल्यक्रिया’ गर्नुपर्ने देखिएको छ । २१ जनाले नियमित जाँचमा बस्नु पर्ने अवस्था भेटिएको बरिष्ठ मुटृुरोग विशेषज्ञ डा।अनिल भट्टराईले जानकारी दिए । 

सो अवसरमा निःशुल्क इको, इसिजी र निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्नेका लागि विशेष छुटको व्यवस्था समेत मिलाइएको छ । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा। भट्टराईले बिरामीको परीक्षण गर्र्नुभएको हो ।  ‘सेभ द हार्ट’ नामक संस्थाले शिविरलाई सहयोग पु¥याएको थियो । 

महोत्सवको अवसर पारेर सञ्चालन गरिएको शिविरबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की र स्याङ्जाका नागरिकले लाभ लिएका छन् । 

आर्थिक अभावका कारण लामो समयदेखि रोग पालेर बसेकालाई सहज भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

 उहाँका अनुसार शल्यक्रिया गर्नुपर्ने र फलोअप गर्नुपर्ने विरामीलाई पनि अस्पतालले सहजीकरण गर्ने भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया