सिटिजन्स बैंकद्धारा यी ४ स्थानँमा नयाँ शाखा संचालन

४ बर्ष अगाडि

सिटिजन्स बैंकले फागुन ८ गते एकै साथ थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ।

 बैंकले मोरंगको कन्चनबारी, पोखराको हस्पिटल चोक र कैलालीको अत्तरिया तथा सुखडमा शाखाहरु संचालनमा ल्याएको हो। 

नेपाली जनमाझमा आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखाहरु विस्तार गरेको जनाएको छ।

सिटिजन्स बैंकको  देशभर ९३ शाखा, ९० एटिएम र १०३ शाखारहित बैंकिङ्ग एकाई संचालनमा छन्।
 

४ बर्ष अगाडि

प्रतिक्रिया