बुुटवल देखि पाल्पा, गुल्मी, स्याङ्जा पोखरा जाने सडक अवरुद्ध

४ बर्ष अगाडि

सिद्धार्थ राजमार्ग अन्तर्गत बुुटवल पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।

धुले पहिरो खसेपछि बुुटवल–पाल्पा सडकखण्डको केरावारी नजिकमा ढुुंगा सहितको पहिरोले सडक अवरुद्ध भएको हो ।

प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालय, बुटवलमा डिएसपी रामप्रकाश शाहले बाटो खुुलाउने त्यसतर्फ टोली पुुगेको बताए ।

यो सडक घुुम्ती काटेर फराकिलो बनाउने काम भइरहेको  छ ।

केही दिनअघिदेखि परेको वर्षाले चिसो भएको जमिनमा तल्लो भागबाट खन्दा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।

। डोजर र एक्स्काभेटरको प्रबन्ध गरेकाले दुुई घण्टाभिर सडक खुुलाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

लकडाउन कारण सवारी साधान  नचलेपनि पहिरो खसेपछि खाद्यान्न ढुवानीका ट्रक, अत्यावश्यक कामले हिँडेकाहरु र एम्बुलेन्स समेत गुड्न नपाएको प्रहरीको भनाई  छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया