वाग्मती प्रदेश घरघरमा ग्यास पु¥याउदै

४ बर्ष अगाडि

ग्यासको समस्या समाधान भएको छ  । ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण शुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइएको छ  । 

पाल आयल  निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेर मात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत अन्य बजार क्षेत्रमा पनि ग्यासको समस्या हटेको छ  ।

 ग्यास बिक्रेताले ठेलामा राखेर  घरघरैमा ग्यास पु¥याएको उपभोक्ताले बताएका छन्  ।

 हाल हेटौँडामा नारायणी, नेपाल, मनोज, कोशी  र  त्रिशूल लगायत ग्यास बिक्रीवितरण हुने गरेको छ  । 

कोरोनाको कारणले ग्यास आयात नभई अभावको समस्या हुने आशङ्कामा उपभोक्ताले अत्यधिक सिलिन्डर सञ्चय गरेका कारणले  समस्या आएको नारायणी डिलर ग्यासका सञ्चालक रामप्रसाद भण्डारीले बताए  । 
 
निगम अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीले उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध भइरहेको छ भने ।  रक्सौल नाकाबाट दैनिक ग्यास बुलेट आउने गरेको उनको भनाइ  छ  । 

यसैबीच कोरोना भाइरसबाट सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनलाई कडा पारेको छ । 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया