हिमालयन हाइड्रो एक्स्पो उद्‌घाटनको सबै तयारी पूरा, भोलि राष्ट्रपतिद्धारा समुद्घाटन हुने

१ हप्ता अगाडि

काठमाडौं- हिमालयन हाइड्रो एक्स्पो २०२४ को समुद्‌घाटनका लागि सबै तयारी पुरा भएको छ ।

भोलि (बिहीवार) राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट एक्स्पोको औपचारिक रुपमा समुउद्‌घाटन हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए । हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण बैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ ।  एक्स्पोमा एक दर्जन देशका ऊर्जा सम्बन्धी १०० भन्दा बढी स्टलहरु रहेका छन् । त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा पनि छलफल हुँदै छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया