अमेरिकाकाे जवाफमा विश्व स्वास्थ्य संगठनको चेतावनी : महामारीमा राजनीति गरे अझै धेरैको मृत्यु हुन सक्छ

४ बर्ष अगाडि

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी पनि दिको छ । 

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन केन्द्रित भएको भन्दै डब्ल्यूएचओको आलोचना गरेपछि डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो । 

बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गर्दै अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरे । 

सीएनबीसीका अनुसार घेब्रेससले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताए । ‘धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न हुँदैन’, उनले भनेका छन् ‘एकता नदेखाउने हो भने विकसित मुलुकले भनै अझै धेरै समस्या र संकटको सामना गर्नुपर्छ ।’ 

अमेरिकाले आफूमाथी व्यक्तिगत रुपमा गरेको आलोचना र लगाएको आरोपको आफूले कहिल्यै पनि वास्ता नगर्ने उनको भनाई छ । 

डब्ल्यूएचओले समयमै  कोरोना भाइरसबारे सचेत गराउँदा पनि अमेरिका लगायतका मूलुकले हेलचेक्र्याईँ गरेका कारण अहिले ठूलो क्षति ब्यहोर्नु परेको छ । 

विश्व समुदायलाई डब्ल्यूएचओले जनवरीको मध्यमा नै सचेत गराएको थियो भने जनवरी अन्तिममा स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया